Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कम्पनीका रिचार्ज तथा सिम कार्ड स्मार्ट टेलिकम खारेज भएपछि : व्यवसायी तनावमा

कम्पनीका रिचार्ज तथा सिम कार्ड स्मार्ट टेलिकम खारेज भएपछि : व्यवसायी तनावमा

जोईन खबर

१२, बैशाख २०८०
  • 682
    SHARES
  • कम्पनीका रिचार्ज तथा सिम कार्ड स्मार्ट टेलिकम खारेज भएपछि  :  व्यवसायी तनावमा

    १२ बैशाख काठमाडौ।  स्मार्ट टेलिकमका खारेज भएपछि सिम कार्ड र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायीहरू तनावमा परेका छन् ।२३ अर्ब रुपैयाँ नवीकरण दस्तुर र करिब छ अर्ब रुपैयाँ अन्य शीर्षकको बक्यौता रकम बुझाउन नसकेपछि यही २ वैशाखमा स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको थियो ।

    images
    निवेदक मध्येका एक पवन सापकोटाले आफू बनेपास्थित वेलफेयर इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरको सञ्चालक भएको बताए । “मसँग तीन महिना अघि खरिद गरेका तीन लाख रुपैयाँ मूल्य बराबरका रिचार्ज कार्ड स्टकमा छन्,” उनले भने । 

    प्राधिकरणमा दर्ता भएको निवेदनमा देशभर १५ सय पसलहरूमा स्मार्ट टेलिकमका रिचार्ज तथा सिम कार्ड रहेको उल्लेख छ । “बजारमा अन्दाजी २५ करोड रुपैयाँ बराबरका रिचार्ज कार्ड र एक लाख ७० हजार ओटा सिम कार्डहरू छन्,” निवेदनमा अगाडि भनिएको छ, “स्मार्ट टेलिकमको सेवा बन्द हुँदा तथा लाइसेन्स खारेज भई तत्काल सञ्चालनमा नआउँदा हामी सम्पूर्ण थोक तथा खुद्रा बिक्रेताहरूले स्मार्टको सिम र रिचार्ज कार्डमा गरेको लगानी धरासायी भएको छ ।

    images
    images
    images

    रिचार्ज कार्ड र सिमकार्डको क्षतिपूर्ति सम्बन्धी के छ व्यवस्था ?

    नियन्त्रणमा लिएको तीन महिनाभित्र स्मार्ट टेलिकमको नगद मौज्दात वा आम्दानीबाट दायित्व भुक्तान गर्नुपर्ने नियम छ । जसमा रिचार्ज कार्ड र सिम कार्डको दायित्व समेत पर्न सक्छ । त्यसरी उक्त दायित्व भुक्तान हुन नसकेमा कम्पनीको सम्पत्ति लिलाम बिक्री गरी दायित्व भुक्तान गरिने बताइएको छ । 

    स्मार्ट टेलिकमको सेवा पुनः सञ्चालनमा आउने सम्भावन न्यून

    सम्पत्ति व्यवस्थापन नियमावलीमा कम्पनीको सेवा निरन्तरताका लागि भन्दै प्राधिकरणले बोर्ड सदस्यको नेतृत्वमा पाँच सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ । जसलाई लाइसेन्स रद्द भएको स्मार्ट टेलिकमको व्यवस्थापन समिति सरहको अधिकार दिइएको छ ।

     

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १४:२९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको