५ पुस काठमाडौँ । चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा संलग्न भएको आरोपमा प्रहरी एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुरकै दीपक सेडाईं छन् ।
उनलाई बिहीबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेका बताइएको छ ।
सहकारीको रकम ठगी प्रकरणमा बयानका लागि रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई १८ मंसिरका चितवन लगिएको थियो ।
सो क्रममा चितवनमा उनका समर्थकहरुले प्रदर्शन गरेका थिए । त्यतिबेला रिपोर्टिङमा खटिएका पत्रकार सन्तोष देउजामाथि आक्रमण भएको थियो ।