५ पुस काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएसमार्फत सन् २०२५ का लागि श्रमिकको कोटा १ लाख ३० हजार तोकेको हो।
कोटा निर्धारण समिति ९प्रवासी श्रमिक नीति समितिको आज बसेको बैठकले कोटा निर्धारण गरेको प्रवासी श्रमिक युनियन ९एमटीयु०का अध्यक्ष उदय राईले बताए।
उत्पादन क्षेत्रमा ७२ हजार, पानीजहाज बनाउने कम्पनीका लागि २ हजार ५ सय, निर्माण क्षेत्रमा २ हजार, कृषि क्षेत्रमा १० हजार, मत्स्यपालनमा ८ हजार ५ सय र सेवा क्षेत्रमा ३ हजार तोकिएको छ। तोकिएको कोटा सकिएमा जुनसुकै क्षेत्रका लागि ३२ हजार राखिएको छ।