Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी चयन 

 विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी चयन 

जोईन खबर

५, पौष २०८१
  • 751
    SHARES
  •  विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी चयन 

    ५ पुस काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा। बिन्दुनाथ लोहनी  चयन भएका छन् ।नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।

    images

    सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

    images
    images
    images

    नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका ड लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  डा लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन् ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १५:४०:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको