Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महामन्त्री सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ

महामन्त्री सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ

जोईन खबर

५, पौष २०८१
  • 640
    SHARES
  • महामन्त्री सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ

    ५ पुस काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।

    images

    सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

    images
    images
    images

    सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्यतथ्य छानबिन गरी कारबाही हुनु पर्ने बताए ।

    धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ  । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उहाँको आरोप थियो ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १६:२०:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको