Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको पुल र सडक निर्माणमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

गोरखाको पुल र सडक निर्माणमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

६, पौष २०८१
  • 1.1K
    SHARES
  • गोरखाको पुल र सडक निर्माणमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ :  पूर्वप्रधानमन्त्री प्रचण्ड

    ६ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित पछि आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् । आज  शनिवार काठमाडौँको  खरिबोटमा भएको गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको नवौं बार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति र एसइइ परिक्षामा उत्र्तीण बिधार्थी सम्मान कार्यक्रमलाई उद्वघाटनसंगै सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधाजन भएको बताए हुन्।

    images

    गोरखाको विकासका लागि प्रयास गरिरहेको र अब आउने दिनहरुमा पनि गोरखालाई तेती नै महत्व दिएर विकास निर्माण र नवनिर्वाचित बारपाक सुलिकोट गाउँपालिका बिष्णु प्रसाद भट्टले भनेको कामलाई निरन्तरता दिने समेत बताए । उनले भने अहिले म विपक्षी दलको नेताको हैसियतमा छु र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले  धेरै भएको बताए । विपक्षीको हैसियतले ती कुराहरू अघि बढाउने प्रयास पनि गरिरहेको छु ।

    images
    images
    images

    उनले बारपाक, सुलिकोट लगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए ।२०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए । उनले भने मलाई निर्वाचित भएर आए पछि यही संस्था स्थापन  रहेका गाउँपालिका अध्यक्षले घरी घरी भेटेर जनताको मन जित्ने काम गर्नु भनेर कुरा गर्दा गर्दा कति कुरा मैले गरि रहेको पनि जानकारी गराए ।  

    प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - २१:५२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको