६ पुस काठमाडौँ । गोरखा ताकुकोट सेवा समाजको नवौं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति अधिवेशनको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्रका सञ्चालित माध्यामिक विद्यालयहरुबाट २०८० सालमा एसईईमा सर्वोकृष्ट जि।पि।ए। र उत्तिर्ण हुने बिधार्थीलाई नगदसहित सम्मान गरेको छ । उक्त परिक्षामा सर्वोकृष्ट जि।पि।ए। ल्याउने बिधार्थीमा वडा न ५ लाकुरिबोटको श्री जलकन्यादेवी माध्यमिक विद्यालयको बिद्यार्थी एलिसा परियार लाई नगद रु११,०००।हजार रुपैया नगद पुरस्कार सहित सम्मान पत्र दिएर सम्मान गरिएको हो ।
श्री जलकन्यादेवी माध्यमिक विद्यालयको बिद्यार्थी एलिसा परियार
साबिक ताकुकोट गा.वि.स. हालको बारपाक सुलिकोट गाउँपालिका वडा नं.६ स्थित श्री सूर्य ज्योति माध्यामिक विद्यालयकी रिमा बराम, श्री माईकोट माध्यामिक विद्यालयका जीवन बराम र अन्तर ज्योति माध्यामिक विद्यालयका सन्जय श्रेष्ठलाई २०८० को एसईई परिक्षामा सर्वोकृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद रु १०,०००/१०,००० हजारका द्वारले पुरस्कारको साथमा सम्मानपत्र दिएर सम्मान गरिएको थियो। यस आजको कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र न २ का सासंद माननीय पुष्पकमल दाहाल प्रचण्डको हातबाट नगद पुरस्कार सम्मान पत्र वितरण गरिएको हो ।
श्री सूर्य ज्योति माध्यामिक विद्यालयकी रिमा बराम
यसै कार्यक्रममा बिशेष अतिथि रहनु हुने बारपाक सुलिकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद भट्टले आजीवन सदस्याहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । संस्थाले आजीवन सदस्यहरुको छोरा छोरीहरु मध्येबाट हरेक बर्ष जस्तै यो बर्ष पनि २०८० एसईई परिक्षामा सर्वोकृष्ट जिपिए प्राप्त गर्ने आजीवन सदस्य रमेश श्रेष्ठको छोरा रोमन श्रेष्ठलाई नगद रु१०,०००।हजार रुपैया पुरस्कार सहित सम्मानपत्र दिएर सम्मान गरेको हो ।
अन्तर ज्योति माध्यामिक विद्यालयका सन्जय श्रेष्ठ
२०८० मा एसईई परिक्षामा उर्तिण हुने बिधार्थी आजीवन सदस्यको छोरारछोरीहरु सम्मानीत हुोमा सृष्टी बस्नेत, रीवाज श्रेष्ठ, बिहानी भट्ट, समृद्ध बस्ताकोटी , संगम श्रेष्ठ, प्रज्वल पनेरु, प्रवेश पनेरु, सिम्रन श्रेष्ठ, सोनी आले मगर, अभिनव आले मगर, आशिस आले मगर, बसन्त परियार,विपिना थापा, विशाल बडु, रोमिया सिंह थापा, सिद्धार्थ आले मगर, श्रेयना दवाडीलाई सम्मान पत्र सहित प्रमुख अतिथि प्रचण्डबाट सम्मान गरिएको थियो ।

श्री माईकोट माध्यामिक विद्यालयका जीवन बराम