Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा ताकुकोट सेवा समाज काठमाडौँको नयाँ कार्यसमिति निर्वाचित अध्यक्षमा श्रेष्ठ र महासचिवमा उपरकोटी

गोरखा ताकुकोट सेवा समाज काठमाडौँको नयाँ कार्यसमिति निर्वाचित अध्यक्षमा श्रेष्ठ र महासचिवमा उपरकोटी

जोईन खबर

७, पौष २०८१
  • 1.6K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाज काठमाडौँको नयाँ कार्यसमिति निर्वाचित अध्यक्षमा श्रेष्ठ र महासचिवमा उपरकोटी

    ६ पुस काठमाडौैँ ।  गोरखा ताकुकोट सेवा समाज काठमाडौँ को नवौं बार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचित कार्यक्रम सम्पन्न भएको छ । आज पुस ६ गते  शनिवार काठमाडौं खरिबोटको मदर्श बैंक्वयमा नवौं साधारण सभाले नयाँ कार्यसमिति   समेत चयन गरेको हो । आज सम्पन्न अधिवेशले अनुप श्रेष्ठको अध्यक्षतामा ८ जनाको सदस्यीय रहने गरि नयाँ कार्यसमिति  निर्वाचित गरेको संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले जानकारी दिनु भयो ।

    images

    यस नवौं साधारण सभाको अधिबेसनले पादाधिकारी सर्वसहमत निर्वाचित गरेको हो। यस संस्था अध्यक्ष अनुप श्रेष्ठ, उपाध्यक्ष राजन बाबु श्रेष्ठ,महासचिव धिरज उपरकोटी,सचिव होम नारायण श्रेष्ठ,कोषाध्यक्ष  भिम प्रसाद देवकोटा निर्वाचित भएका महासचिव धिरज उपरकोटीले बताउनु भयो । यस संस्थाका सदस्याहरु अनिल पनेरु,ईन्दिरा भट्ट ढकाल,हरिराम आले मगर, विकास बाबु परियार,नानु बेलबासे हिरा,शेर बहादुर गुरुङ शितल,चिनु सुवेदी,मदन जोशी रहनु भएको छ ।

    images
    images
    images

    यस आज भएको गोरखा ताकुकोट सेवा समाज काठमाडौँको नवौँ साधारण सभा तथा एसईई परिक्षामा उत्र्तीण हुने बिधार्थीलाई सम्मान कार्यक्रमको उद्वघाटन पूर्वप्रधानमन्त्री तथा नेकप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गर्नु भएको छ । साथै राष्ट्रिय लोक गायक मनोज सिंह धामी र राम कुमार सुनुवार र स्थानिय कलाकारहरूको उपस्थितिमा  सास्कृतिक कार्यक्रम पनि  रहेको थियो । 

    यस आज भएको कार्यक्रममा गोरखा ताकुकोट सेवा समाज काठमाडौं  र गोरखा गण्डकी  स्वास्थ्य  क्लिनिक एण्ड  गोरखा मनाशु मेडिकल हलको सहयोगमा निःशुल्क परिक्षण   स्वास्थ्य शिविर पनि रहेको थियो।  उक्त कार्यक्रमा संस्थाले २०८० २०८१ भित्र गरेका काम र खर्च विवरणको  प्रतिवेदन नवनिर्वाचित उपाध्यक्ष राजन बाबु श्रेष्ठले प्रस्तुत  गर्नु भएको थियो । यस आजको कार्यक्रम गोरखा तथा अन्य जिल्ला भित्रका संस्थाका जिम्मेवारी व्यक्ति र राजनैतिक बृद्वीजिवी गोरखाबाट काठमाडौँ आई बस्ने विभिन्न पेसा ब्यबसायी र पढ्दै  बस्नुहुने ताकुकोट बासीहरु लगायतको बक्लो रुपमा उपस्थिति थिए ।

    a1.jpg अध्यक्ष अनुप श्रेष्ठ

    r6.jpgउपाध्यक्ष राजन बाबु श्रेष्ठ

    d6.jpgमहासचिव धिरज उपरकोटी

    h6.jpgसचिव होम नारायण श्रेष्ठ

    b6.jpgकोषाध्यक्ष भिम प्रसाद देवकोटा

    p6.jpgसदस्या अनिल पनेरु

    e6.jpgसदस्य ईन्दिरा भट्ट ढकाल

    n6.jpgसदस्या नानु बेलबासे (हिरा)

    m6.jpgसदस्या जिवन जोशी

    hi6.jpgसदस्य हरिराम आले मगर

    c6.jpgसदस्या शेर बहादुर गुरुङ (शितल)

    bikasha babu.jpgसदस्या  विकास बाबु परियार

    chinu.jpgसदस्या चिनु सुवेदी

     

     

     

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ००:३६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको