Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारीको रकम अपचलन आरोपमा  सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

 सहकारीको रकम अपचलन आरोपमा  सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

 सहकारीको रकम अपचलन आरोपमा  सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

जोईन खबर

७, पौष २०८१
  • 706
    SHARES
  •  सहकारीको रकम अपचलन आरोपमा  सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

    ७ पुस काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेविरुद्ध  पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अदालतमा आज मुद्दा दर्ता हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले  लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्न  लागेको हो । यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

    images

    सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गर्न लागेको हो।सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी,लीला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

    images
    images
    images

    प्रतिवेदनमा लामिछाने,पूर्वडीआईजी जोशीलगायतसँग डेढ अर्ब रुपैयाँ बिगो असुल र सहकार ठगी,संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद,संगठित अपराधमा ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धिकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने  प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

    गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले थियो। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी,चितवनको सहारा,वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ।

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ११:१२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको