७ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवस्थामा खेल क्षेत्रको विकास महत्वपूर्ण रहेको बताए । हिजो शनिवार काठमाडौँ खरिबोट मर्दश बैंक्वयटमा भएको गोरखा ताकुकोट सेवा समाज, काठमाडौँको नवौँ वार्षिक साधारण सभा तथा एसइई उत्र्तीण सम्मान र नयाँ कार्यसमिति चयन कार्यक्रमका उद्वघाटनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।
अहिले नेपाली युवामा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको समेत जानकारी गराउनु भयो । हिजोको दिन भएको सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० खेलको चर्चा गर्दै अझ बढी प्रथमिकता दिने बताउनस भएको हो । नेपालमा क्रिकेट खेलको लागि आफु सरकारमा भएरप्रधानमन्त्री हुँदा होस् वा विपक्षी दलको नेताको रूपमा क्रिकेटको विकासका लागि धेरै मेहनत गरेको छु ।
यसको लागि देशको प्रतिष्ठा बढाउन र आर्थिक रूपमा देशलाई गतिशील बनाउन खेल क्षेत्रको विकासमा ध्यान दिनै पर्छ ।आफूलाई गोरखाका जनताले मत दिएर जिताएपछि नै तेस्रो कार्यकार्यलका लागि प्रधानमन्त्री बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गचित्र कोर्ने अवसर पाएको बताउनुभयो । आफूले प्रधानमन्त्रीका रूपमा गोरखाको विकासका लागि बजेट विनियोजनदेखि योजनाको प्राथमिकीकरणमा सक्दो प्रयास गरेको उल्लेख समेत प्रष्ट पारेका छन् ।
प्रचण्डले अब विकास निर्माणमा गोरखा र बारपाक सुलिकोट वरपर भौतिक पूर्वाधार विकासमा लाग्ने बताए । कार्यक्रममा गोरखा ताकुकोट सेवा समाज काठमाडौं र गोरखा गण्डकी स्वास्थ्य क्लिनिक एण्ड गोरखा मनाशु मेडिकल हलको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर पनि रहेको थियो । नव निर्वाचित उपाध्यक्ष राजन बाबु श्रेष्ठले २०८० /८१ काे आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा गोरखा तथा अन्य जिल्लाका जिम्मेवारी व्यक्ति, राजनैतिज्ञ, बुद्वीजिवी, गोरखाबाट काठमाडौँमा बस्ने विभिन्न पेसा व्यवसाय गर्ने र अध्ययन अध्यापन गर्नुहुने् ताकुकोट बासीकाे बाक्लो उपस्थिति रहेकाे थियाे । यस संस्थाले आफ्नो गाउँ ताकुकोटबाट काठमाडौंमा बसोवास गर्ने व्यवसायी, कर्मचारी, विद्यार्थीरूलाई एकता बद्ध बनाउन निर्माण भएकाे बताए ।