८ पुस काठमाडौँ । मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको आफनै घरमा निधन भएको छ । आज बिहान आफनै निवासमा जोरपाटीमा कोठभित्र सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले जनाएका छन् ।
बेलुका खाना खाएर संगै सुतेकी दनुवार बिहान समयमा नउठे पछि श्रीमान उठान जादा अचेत अवस्थामा फेला पारेकी उनलाई उपचार गर्ने अस्पताल लागिएको थियो ।
अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण अनुसन्धन भई रहेको र कारण खुलेको छैन ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् । दनुवारलाई अमेरिकी विदेशी मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।