८ पुस काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका छन् ।
डा.भुसाल हिजो बेलुकी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचेको भुसालले स्वीकार गरेका थिए ।
प्रहरीको गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको उनको भनाइ थियो ।