८ पुस काठमाडौँ । आज ५ देशका राजदूतले पद तथा गोपनीयताको शपथग्रहहण गरेका छन् । अहिले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त पाँच जनालाई शपथ खुवाएका हुन् ।
शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् ।