८ पुस काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको उपचारको क्रम निधन भएको छ।
उनी पहिले देखि नै क्यान्सर रोगको उपचार गर्दै आएका आइतबार उपचारका क्रममा निधन भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइएको उल्लेख गरेका छन् ।
उनको निधन पछि आज पालिकामा शोक बिदा दिइएको हो। नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।