८ पुस काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा न २ बालकोट फिकाधारा टोल नजिकै बाबुछोरा मृतअवस्थामा फेला परेका छन् । उनीहरु सुर्यविनायक नगरपालिका वडा न २ बालकोट फिकाधारा नजिकै चार वर्षदेखि डेरा गर्दै आएका थिए ।
मृत्तकहरुको स्थायी वा जन्मभुमी भने खोटाङ रुपाकोट मजुवागढी १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्य मृत फेला परेका प्रहरीले जनाए । उनीहरु छुट्टाछुटै २ वटा कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
फिकाधारास्थित एक पक्की घरमा २ व्यक्ति बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुर र प्रहरी वृत ठिमीबाट प्रहरी टोली घटनास्थलामा पुगेको थियो । मृत फेला परेकाहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भनाई रहेको छ ।