Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलको फाइनल खेलको क्रममा अभद्र व्यवहार गर्ने दुई जना युवक पक्राउ 

एनपिएलको फाइनल खेलको क्रममा अभद्र व्यवहार गर्ने दुई जना युवक पक्राउ 

जोईन खबर

८, पौष २०८१
  • 736
    SHARES
  • एनपिएलको फाइनल खेलको क्रममा अभद्र व्यवहार गर्ने दुई जना युवक पक्राउ 

    ८ पुस काठमाडौँ । सिंद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले  बताएको छ ।

    images
    images
    images

    कीर्तिपुर टियु क्रिकेट मैदानमा पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो ।

    त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १४:१३:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको