८ पुस काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।
गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनु भयो ।
नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।