८ पुस काठमाडौँ । जैशीदेवल युथ क्लबले अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा पदक जित्ने रोजेन प्रजापतिलाई नगद पुरस्कारसहत सम्मानित गरेको छ ।जैशीदेवल तेक्वान्दो डोजाङका रोजेनले गत डिसेम्बर ६ देखि ९ तारिखसम्म भियतनाममा भएको भियतनाम एसियन ओपन पुलिस तेक्वान्दो च्याम्पिन्सिपमा जुनियरतर्फ व्यक्तिगत पुम्से विधामा स्वर्ण पदक जित्नुभएको थियो ।
काठमाडौँ महानगरपलिाकका प्रवक्ता नवीन मानन्धर र क्लबका अध्यक्ष राजेश प्रजापतिले रोजेनलाई दस हजार रुपियाँसहति सम्मान गर्नुभयो । सो प्रतियोगतामा नेपाललगायत २७ राष्ट्रका खेलाडी, प्रशिक्षक र अफिसियल गरी २५०० को सहभागतिा रहेको बताइएको छ ।
सोही कार्यक्रममा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक संजीव ओझालाई प्नि सम्मान गरिएको थियो ।भियतनाम जानुअघि रोजेनले हङकङमा आयोजित विश्व तेक्वान्दो पुम्से च्याम्पियन्सपमा पनि सहभागिता जनाउनुभएको थियो । सो प्रतियोतिगामा ७७ राष्ट्रका १७२७ खेलाडी सहभागी थए ।