९ पुस काठमाडौँ । देशभर आज भोली आत्महत्या बढेएसंगै नेपाल सरकारले अब आत्महत्या न्यूनीकरणमा सहयोग गर्ने तरिकाले मोबाइल ‘एप’ बनाउदै गरेको गृहमन्त्री रमेश लेखकले बताए ।
सोमबार गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच आत्महत्यासम्बन्धी अध्ययन, अनुसन्धान, र नियन्त्रणका लागि भएको समझदारीका क्रममा मन्त्री लेखकले मोबाइल एप विकास गर्ने,अत्यन्त अठोट लिएर काम गर्ने, प्रतिबद्धताका साथ काम गर्ने, गम्भीरतापूर्वक काम गर्ने तयारी गरि रहेको मन्त्री लेखकको भनाइ छ ।
नेपालमा आत्महत्याका घटना बढ्नुको कारण पत्ता लगाउने र, यसको समस्या समाधान कसरी गर्ने तयारी गरिएको हो ।नेपाल प्रहरी र काठमाडौँ युनिभर्सिटीको सेन्टर फर मेन्टल हेल्थ आपसमा जोडिन्छन् । र त्यो एपसँग हामी जोखिममा रहेका मानिसहरूलाई जोड्छौँ । आत्महत्या गर्ने कोसिस गर्दा बाँचेका मानिसहरूलाई जोड्छौँ र उनका परिवारलाई पनि जोड्छौँ ।”