Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निलम्बित सांसद लामिछानेको थुनछेक बहस आजबाट सुरु हुने 

निलम्बित सांसद लामिछानेको थुनछेक बहस आजबाट सुरु हुने 

जोईन खबर

९, पौष २०८१
  • 583
    SHARES
  • निलम्बित सांसद लामिछानेको थुनछेक बहस आजबाट सुरु हुने 

    ९ पुस काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद रबि लामिछानेको थुनछेक बहस आजबाट सुरु हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण आज मात्र उनको बयान सुरु हुने भएको हो ।

    images

    हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।कास्की अदालतको इजलासले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

    images
    images
    images

    पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

    गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । 

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ११:१४:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको