Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बौद्ध नयाँ च्याम्पियन

चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बौद्ध नयाँ च्याम्पियन

जोईन खबर

९, पौष २०८१
  • 724
    SHARES
  • चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बौद्ध नयाँ च्याम्पियन

    ९ पुस काठमाडौँ । बौद्ध भेट्रानले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । पहिलो संस्करणदेखि निरन्तर सहभागी बौद्ध पहिलोपटक च्याम्पियन बन्न सफल भयो चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बौद्धले फ्रिडम एक्सपर्टलाई २–० गोलले पराजित गर्दै नयाँ च्याम्पियन बन्यो ।

    images

    बौद्धका सञ्जय लामा र उमेश लामाले समान १–१ गोल गरे । उमेशनै फाइनलको ‘म्यान अफ द म्याच’ बने । उपाधिसंगै बौद्धले १ लाख नगद पुरस्कार हात पा¥यो भने फ्रिडमले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमका निलेन्द्र देवान ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए । फ्रिडमकै प्रकाश राना उत्कृष्ट खेलाडी चुनिए ।

    images
    images
    images

    बौद्धकाद्वय धर्मेन लामा उत्कृष्ट गोलरक्षक र कृष्ण लामा उत्कृष्ट डिफेन्डर बने । चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, सदस्यद्वय सुरेश शाही र कल्पना सुन्दासलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा मोफसलका ३ सहित २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १२:४९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको