Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई नगदसहित सम्मानित

महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई नगदसहित सम्मानित

जोईन खबर

९, पौष २०८१
  • 712
    SHARES
  • महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई नगदसहित सम्मानित

    ९ पुस काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।

    images

    गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

    images
    images
    images

    पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो ।सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो ।

    फाउन्डेसनकी अध्यक्ष युक्ति लामा श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई प्याड प्रदान गरेको लामाले जानकारी गराइन् । उनीहरुलाई महिला फुटबल टोलीका खेलाडीले प्याड प्रदान गरे ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १३:५६:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको