Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

१३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

जोईन खबर

९, पौष २०८१
  • 631
    SHARES
  • १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सनसाइन र काठमाडौं जेभियर्स क्वाटरफाइनलमा

    ९ पुस काठमाडौँ । सनसाइन र काठमाडौं जेभियर्स १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

    images

    सनसाइनले चैतन्य शिक्षा संस्कारलाई ४१–३१ ले पराजित ग¥यो । सनसाइनको जितमा सोनाम तामाङले २० अंक योगदान गरे ।

    images
    images
    images

    सुवर्ण भुजेलको ६ अंक सहयोगमा काठमाडौं जेभियर्सले लिभरपुललाई २७–५ ले हरायो । अल्वर्ट, अवेरनेसन इन्टरनेसनल एकेडेमी ९एआईए०, मार्वलस र हेम्स पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।

    सिनियर गल्र्समा काठमाडौं जेभियर्स, स्पाङ्गेल, एसियन पब्लिक, श्रीजन्शिल, स्वप्न वाटिका, लिभरपुल, चैतन्य र इनोभेटिभले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

    जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स, एसियन पब्लिक, लिटिल फ्लावर, सनसाइन, एआईए र स्पाङ्गेलले क्वाटरफाइनल यात्रा तय गरे ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १४:०३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको