११ पुस काठमाडौँ । धनुषामा एक महिलाको शव भेटिएको छ । धनुषाको मिथिला नगरपालिका वडा न ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो। गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरीले बताए ।
श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । श्रीमान दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको हो।मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान्-श्रीमतीबीच झगडा भइरहेको थियो । दशैया मदिराले लठ्ठिएका थिए । साँझ दशैयाले बुहारीसँग खाना मागे। त्यसपछि उनले सासु खै रु भनेर सोधिन्। बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएका थिए।
त्यसपछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए । प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । प्रहरीले शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । दशैयालाई प्रहरीले पक्राउ गरेको छ। घटना बारे थप अनुसन्धान भई रहेको छ ।