११ पुस काठमाडौँ । हिजो परेको क्रिसमसको अवसर कर्णाली याक्सका एक खेलाडीले नयाँ आइफोन उपहार पाएका छन् । आइफोन पाउने खेलाडी कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका थिए ।
नायिका स्वस्तिमा खड्काले क्रिसमसको अवसर पारेर कर्णाली याक्सका खेलाडी विपिनप्रसाद शर्मालाई नयाँ आइफोन उपहार दिएकी हुन् । स्वस्तिमाले उपहारसँगै एउटा नोट पनि लेखेकी थिइन् जसमा लेखिएको थियो। प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ, भने भनाइ सहित नयाँ आइफोन दिएकी हुन् ।
भविष्यका लागि थप सफलताको शुभकामना ।विपिन आफैंले इन्सटाग्राममा स्टोरी राखेर स्वस्तिमालाई धन्यवाद दिएका छन् । भने उक्त स्टोरीलाई स्वस्तिमाले ‘रिशेयर’ पनि गरेकी छन् ।
स्वस्तिमा फेस अब कर्णाली याक्स समेत थिइन् ।एनपीएलको राइजिङ स्टार अर्थात् उदयीमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् ।कर्णालीको सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा रहेका छन् ।