१३ बैशाख काठमाडौ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.३६ अंक बढेर १९०५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८६ अंक बढेर १९०७.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १० स्टकको ६३ हजार ६९ रुपैयाँ बराबरको ३०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।