Logo

बिहिवार, श्रावण १४ गते २०८३

ड्राइभिङ लाइसेन्सको म्याद १० वर्षसम्म !

ड्राइभिङ लाइसेन्सको म्याद १० वर्षसम्म !

जोईन खबर

१३, बैशाख २०८०
  • 667
    SHARES
  • ड्राइभिङ लाइसेन्सको म्याद १० वर्षसम्म !

    १३ बैशाख काठमाडौ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई अब हरेक १० वर्षमा गर्न मिल्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

    images

     प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था छिटो भएको र छपाइमा चाप सिर्जना गरेकाे उल्लेख गरे ।

    लाइसेन्स नवीकरणका सन्दर्भमा पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था छिटो हुने भएकाले र अलि झन्झटिलो हुने भएकाले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानूनी रूपमा प्रक्रिया अगाडि बढाएका छौं," बैठकमा बोल्दै सांसद ज्वालाले भने, "अब चाहिँ पाँच वर्षमा होइन, १० वर्षमा नवीकरण गर्नुपर्ने र त्यसो भएमा नयाँ स्मार्ट कार्ड छाप्ने चाप पनि कम हुने विश्वास लिएका छौँ ।

    मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली वा अङ्ग्रेजी र अङ्ग्रेजी तीन ओटै विकल्पमा नम्बर प्लेट छाप्न मिल्ने गरी मन्त्रिपरिषदबाट निर्णय लिइसकेकाे र चाँडै नै उक्त व्यवस्था लागू हुने पनि जानकारी दिए ।

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १४:०९:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको