१३ बैशाख काठमाडौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम दिएको हो ।
व्यवसायी प्रसाईंले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन् । तिर्नुपर्ने आयकर नतिरेपछि राजस्व कार्यालयले १५ दिनभित्र आयकर बुझाउन उनलाई १५ दिने अल्टिमेटम दिएको हो । व्यवसायी प्रसाईंले भने मेडिकल कलेज नचलेको र व्यवसाय नभएको भन्दै कर तिर्नु नपर्ने अडान लिँदै आएका छन् ।