Logo

बिहिवार, श्रावण १४ गते २०८३

वारुण यन्त्र दुर्घटना:चालकसहित पाँच घाइते !!!!

वारुण यन्त्र दुर्घटना:चालकसहित पाँच घाइते !!!!

जोईन खबर

१३, बैशाख २०८०
  • 679
    SHARES
  • वारुण यन्त्र दुर्घटना:चालकसहित पाँच घाइते !!!!

    १३ बैशाख काठमाडौ। गौर नगरपालिकाको गढवाटोलमा आगो निभाउन गएको वारुण यन्त्र दुर्घटना  हुदा दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् । नगरपालिकाको वडा ४ मा  कुखुराको खोरमा लागेको आगो निभाउन जाँदा मंगलबार राति करिब १२ बजे वारुण यन्त्र दुर्घटनामा परेको थियो।गढवाटोल जानेक्रममा वारुणयन्त्रको ‘ब्रेक फेल’ भई दुर्घटना भएको चालक करिम अन्सारीले बताउनुभयो ।  

    images

    नगरपालिकाको ना १ ग ७८८ नम्बरको वारुण यन्त्र दुर्घटना हुँदा चालक अन्सारी दमकल प्रहरी प्रेम केसरी, किशुन्द्र साह गम्भीर घाइते भएका र जिल्ला अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको नगर प्रमुख शम्भु साहले जानकारी दिनुभयो । 

     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १५:५१:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको