Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु 

पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु 

जोईन खबर

२६, पौष २०८१
  • 688
    SHARES
  • पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु 

    २६ पुस काठमाडौँ । बाजुरा बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

    images

    कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

    images
    images
    images

    बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १६:५१:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको