Logo

बिहिवार, श्रावण १४ गते २०८३

पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

१३, बैशाख २०८०
  • 682
    SHARES
  • पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    १३ वैशाख काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंमा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

    images

    माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो  बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिवाटिकामा) ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो ।

    उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । ‘ व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु उपप्रधानमन्त्री श्रेष्ठले भने ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १७:११:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको