१४ बैशाख काठमाडौ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका दुई सय ११ जना गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ५१ जना सुत्केरी महिलाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३४ जना, ०७८/०७९ मा ७८ र चालू आर्थिक वर्ष २०७९/०८० को चैत मसान्तसम्म ४८ जना सुत्केरीको हेली मार्फत सेनाले उद्धार गरेको छ ।
जाजरकोटबाट २१ जना, जुम्लाबाट एक, दैलेखबाट २० जना, मुगु ११ जना, रुकुम पश्चिम १४ जना, हुम्ला १९ जना र सल्यानबाट तीन जनाको उद्धार गरिएको उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे ब्यारेक सुर्खेतकी मेजर रेनु शाहले जानकारी दिनुभयो ।कर्णालीका ३० जना रहेका छन् । डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट ६ जना, हुम्लाबाट दुई, रुकुम पश्चिमबाट तीन जना जुम्लाबाट एक, कालिकोटबाट तीन, जाजरकोटबाट पाँच जना सुत्केरीको उद्धार गरिएको छ ।