Logo

बिहिवार, श्रावण १४ गते २०८३

यति धेरै जनाले लिए हिमाल आरोहणका लागि अनुमति ?

यति धेरै जनाले लिए हिमाल आरोहणका लागि अनुमति ?

जोईन खबर

१४, बैशाख २०८०
  • 685
    SHARES
  • यति धेरै जनाले लिए हिमाल आरोहणका लागि अनुमति ?

    १४ बैशाख काठमाडौ। धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । संसारको सातौं अग्लो हिमाल आरोहणका अनुमति लिएकाहरु यतिखेर आधार शिविरमा पुगिसकेका छन् । धौलागिरि गाउँपालिका –४ मुदीमा अवस्थित ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो ।

    images

    धौलागिरि हिमालमा हिमपात भइरहेकाले आरोहीहरु आधार शिविरमै रोकिनुभएको छ । मौसममा सुधार आउनेवित्तिकै आरोहीहरु आधारशिविरबाट प्रस्थान गर्नुहुनेछ ।’’ हिमपात भएकाले बाटो खोल्न चुनौती भएको बेसक्याम्प पुगेर फर्किनुभएका अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

    म्याग्दीकै अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि यस सिजनमा ५४ जनाले अनुमति लिएका छन् । आरोहीबाट एक करोड ४ लाख २६ हजार चार सय १० रुपियाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १५:०४:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको