१४ बैशाख काठमाडौ। एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेन्जमार्फत नम्बर उपलब्ध गराउने भएको छ । ९८० रेन्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको एनसेलले उक्त रेन्जमा सिमकार्ड सकिएसँगै ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेकाे हाे ।
एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेन्जका लागि स्वीकृति पाइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९-१२-६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०xxxxxxx देखि सुरू हुने नयाँ मोबाइल नम्बर कम्पनीको सूचनामा भनिएको छ।
राष्ट्रिय नम्बर योजनाले जीएसएम अन्तर्गत एनसेललाई ९८०, ९८१ र ९८२ गरी तीन फरक रेञ्जमा नम्बर उपलब्ध गराएको थियो । यी सबैमा एक करोडका दरले नम्बर उपलब्ध छन् ।