Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले हराउँदै कुवेत सेमिफाइनल प्रवेश !!!!

एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले हराउँदै कुवेत सेमिफाइनल प्रवेश !!!!

जोईन खबर

१४, बैशाख २०८०
  • 733
    SHARES
  • एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले हराउँदै कुवेत सेमिफाइनल प्रवेश !!!!

    १४ बैशाख काठमाडौ।  एसिसी प्रिमियर कपमा हङकङलाई ३० रनले हराउँदै समूह बी बाट कुवेत समूह उपविजेता बन्दै   कुवेतले सेमिफाइनलमा स्थान बनाएको छ । २ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २ सय ४२ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले ९७ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए ।

    images

    हङकङका तल्लोक्रमका ब्याटर यासिन मुर्तजा ४३ बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । अंशुमन रथ १३, बाबर हायत डक, जिशान अली ३२ बलमा २ चौका र १ छक्कासहित २४ र हरुन अर्शद १२ रनमा आउट भए ।

    kuwat.jpg

    कुवेतका स्पिनर यासिन पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । शाहरुख क्युदुसले ८ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सैद मोनिब र इद्रिसले समान एक विकेट लिए ।

    कुवेतलाई ओपनर आद्नान इद्रिसले ४५ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । रविजा सनदरुवान गोल्डेन डक आउट भएका थिए । प्रमुख ब्याटर परविन्दर कुमार ३, कप्तान मोहम्मद अस्लाम ३२ र मित भावसार डक आउट भए ।

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १७:४९:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको