१५ बैशाख काठमाडौ।डाटा अनलाइन सिस्टमबाट हराएपछि लोक सेवा आयोग यति वेला तनावमा छ । आयोगमा दरखास्त दिएका आवेदकको डाटा नै हराएपछि आयोग तनावमा परेको हो ।राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि आयोगको डाटा हराएको हो ।
आयोगको आर्थिक वर्ष २०८९/८० को आवेदन असोजमा भएको थियो । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार त्यस यताको आयोगको डाटा हराएको छ ।
अनलाइन सिस्टम नभएपछि स्वीकृत नामावली नहुने र परीक्षा सञ्चालन गर्न नसकिने आयोगले जनाएको छ । कसलाई परीक्षामा सहभागी गराउने कसलाई नगराउने भन्ने थाहा नभएपछि परीक्षा नै अन्यौंलमा परेको हो । अधिकृत प्राविधिक÷अप्राविधिक, नायब सुब्बा प्राविधिक/अप्राविधिक, खरिदार प्राविधिक÷अप्राविधिकको परीक्षा सञ्चालन गर्न समस्या छ ।
आफैँले घोषणा गरेर फेरि अनलाइन सिस्टममा आवेदन भर्न लगाउने हो । यसैगरी आवेदन दिँदा तिरेको शुल्कबारे राजस्वको रेकर्डका आधारमा सम्बन्धित व्यक्तिले फेरि सोही पदमा आवेदन दिन लगाउने आयोगसँग अर्को विकल्प हुन सक्छ ।यसबारे केन्द्र नै सजग हुनुपर्ने भएपनि अनेक कारण देखाउँदै पानी माथिको ओभानो बन्दै आएको छ, जसलाई सम्बन्धित निकायले सहजै पत्याई दिँदा आज परीक्षा जस्तो गम्भीर विषयमा समेत खेलवाड देखिएको छ ।