Logo

बिहिवार, श्रावण १४ गते २०८३

सानिमा बैंकद्वारा दुर्घटना बीमामा कति रकम हस्तान्तरण?

सानिमा बैंकद्वारा दुर्घटना बीमामा कति रकम हस्तान्तरण?

जोईन खबर

१५, बैशाख २०८०
  • 694
    SHARES
  • सानिमा बैंकद्वारा दुर्घटना बीमामा कति रकम हस्तान्तरण?

    १५ बैशाख काठमाडौ। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो ।

    images

    सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेशसिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँ सम्मको   ५० हजार रुपैयाँ सम्मको औषधी उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - ११:५९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको