Logo

बिहिवार, श्रावण १४ गते २०८३

फक्सवागेनले भारतमा ईभी बेच्ने, नेपालमा कहिले ?

फक्सवागेनले भारतमा ईभी बेच्ने, नेपालमा कहिले ?

जोईन खबर

१५, बैशाख २०८०
  • 604
    SHARES
  • फक्सवागेनले भारतमा ईभी बेच्ने, नेपालमा कहिले ?

    १५ बैशाख काठमाडौ फक्सवागेनले भारतमा आफ्नो ईभी विक्री सुरु गर्ने भएको छ । यूरोप, चीन र अमेरिकामा मात्रै ईभी विक्रीमा जुटेको फक्सवागेनले भारतमा पनि विक्री सुरु गर्न लागेको हो ।

    images

    अर्को महिनाबाट भारतमा ईभी विक्री गर्ने योजना बनाएको फक्सवागेनले पहिलो ईभी मोडलको रुपमा आईडी-४ मोडल सार्वजनिक गर्नेछ ।फक्सवागेनको ग्लोवल ईभी मोडल आईडी-४ चाँडै भारत आउने छ’, उनले मिडियासँग भनेका छन् । सन् २०२२ मा अपग्रेड सहित आएको फक्सवागेन आईडी-४ निकै सफल मोडलको सूचीमा परिसकेको छ ।

    फक्सवागेन आईडी-४ मा ७७ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा निकै पवारफुल २२३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।यसले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।फक्सवागेनका ईभी तत्काल नेपाल आउने छैन ।

    सेफ्टीको विषयमा फक्सवागेनका आफ्नै कुरा छन् । आग्लागी भए के गर्ने, ब्याट्री व्यवस्थापनको तयारी के छ ? जस्ता प्रश्न कम्पनीले गरिरहेको छ’, सीईओ विजुक्छेले भने । यसमा २०० किलोवाट माथिको मोटर रहेको कारण विद्यमान ब्यवस्था अनुसार ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्छ ।

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १४:२७:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको