१५ बैशाख काठमाडौ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन पुनः एसएमएस सेवा सञ्चालनमा ल्याएको छ ।एक सूचना प्रकाशित गर्दै विभागले बिहीबारदेखि यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
लिखित परीक्षाको नतिजा हेर्नका लागि डब्लुटी (WT) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिने बेलाको दर्ता नम्बर लेखी ३३००१ मा एसएमएस गर्न सकिन्छ । स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि एलसी (LC) लेखी एक स्पेस दिने, त्यसपछि आवेदन दिँदाको दर्ता नम्बर लेखेर ३३००१ मा एसएमएस गर्न सकिन्छ ।
तपाईंले सुरुमा यातायात कार्यालयकाे वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटको दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको सवारी चालक अनुमतिपत्र खोजी’ ’ भन्ने अप्सनमा क्लिक गर्नुहोस ।