Logo

बिहिवार, श्रावण १४ गते २०८३

कर्णालीको विकासमा प्राथमिकता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई: कर्णालीका सांसदहरूको माग

कर्णालीको विकासमा प्राथमिकता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई: कर्णालीका सांसदहरूको माग

जोईन खबर

१७, बैशाख २०८०
  • 661
    SHARES
  • कर्णालीको विकासमा प्राथमिकता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई: कर्णालीका सांसदहरूको माग

    १७ बैशाख काठमाडौ। कर्णालीको विकासमा प्राथमिकता दिन प्रतिनिधिसभा सदस्यमा यस प्रदेशबाट निर्वाचित १४ सांसदहरूले सयुक्त मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन् ।प्रधानमन्त्री दाहाललाई संयुक्त रूपमा योजना पेस गर्दै आगामी बजेटमा कर्णालीको विकासमा प्राथमिकता दिन माग गरेका हुन् ।

    images

    सांसदहरू जनार्दन शर्मा , हृदयराम थानी, दिक्पालकुमार शाही, महेन्द्रबहादुर शाही, अमरबहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐनबहादुर शाही, सीताकुमारी राणा, सूर्यकुमारी श्रेष्ठ, छिरिङ डम्डुल लामा भोटे, छिरिङल्हामु लामा तामाङ, कल्पना मियाँ र चन्द्रबहादुर विश्वकर्मासहितले प्रधानमन्त्रीलाई १३ बुँदे मागपत्र बुझाएका हुन् ।

    कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी, लघु उद्योगलाई व्यापक र व्यवस्थित गर्न, कर्णाली लघुवित्त बैंकको स्थापना, सहुलियतपूर्ण कर्जा, गरिबी र बेरोजगार न्यूनीकरण, प्रतिव्यक्ति आयमा वृद्धि एवं स्वरोजगारसहितको विशेष कार्यक्रम सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको छ ।कर्णाली, ठूलीभेरी र सानी भेरी नदी तटीय क्षेत्रलाई राष्ट्रिय नदी नियन्त्रण आयोजना कार्यक्रममा समावेश गर्न पाँच अर्ब बजेट व्यवस्था माग गरिएको छ । 

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १३:२४:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको