१७ वैशाख काठमाडौं ।वीर अस्पतालमा कार्यरत नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।