१७ बैशाख काठमाडौ। निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ।आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरी विकले निराको हत्या गरेको स्वीकारेका गरेको हो।
ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेका थिए। पक्राउ परेका विक झापामा क्यासिनोमा काम गर्थे।सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि उनी लुटपाटमा लागेका थिए।
‘त्यही क्रममा निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन्,’ आचार्यले भने,‘हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका रहेछन्।’
प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार -
१५:४२:४७ बजे