Logo

बिहिवार, श्रावण १४ गते २०८३

जीर्ण पर्खाल भत्किएर चारजना बिरामी कुरुवा घाइते: वीर अस्पताल

जीर्ण पर्खाल भत्किएर चारजना बिरामी कुरुवा घाइते: वीर अस्पताल

जोईन खबर

१७, बैशाख २०८०
  • 667
    SHARES
  • जीर्ण पर्खाल भत्किएर चारजना बिरामी कुरुवा घाइते: वीर अस्पताल

    १७ बैशाख काठमाडौ।वीर अस्पतालको जीर्ण पर्खाल भत्किएर चारजना बिरामी कुरुवा घाइते भएका छन्। अस्पतालको पुरानो रातो भवनबाहिरको पर्खाल भत्किँदा पर्खालमुनि रहेको कुरुवा घरमा बसेका चारजना घाइते भएका हुन्।

    images

    ६ महिनाअघि पनि अस्पतालको बाहिरी पर्खाल भत्कँदा १० जना कुरुवा घाइते भएका थिए। त्यतिवेला अस्पतालको ओपिडी भवनको जीर्ण पर्खाल भत्किएको अस्पतालका मेडिकल विभाग प्रमुख टीकाराम पनेरूले जानकारी दिए।

    कुरुवा घरसँगै रहेको अग्लो पर्खाल जीर्ण र जोखिमपूर्ण बनेको छ। पर्खालले थिचेका उनीहरू चारैजनाको टाउकोमा चोट लागेको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १५:५८:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको