Logo

बिहिवार, श्रावण १४ गते २०८३

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र महावीर पुन बीच रक्षा मन्त्रालयमा छलफल

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र महावीर पुन बीच रक्षा मन्त्रालयमा छलफल

जोईन खबर

१७, बैशाख २०८०
  • 664
    SHARES
  • उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र  महावीर पुन बीच रक्षा मन्त्रालयमा छलफल

    १७ बैशाख काठमाडौ।  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका महावीर पुनसँग सरकारले वार्ता सुरू गरेको छ।पुनसहित उनको टोलीसँग सरकारले वार्ता सुरू गरेको हो।

    images

    उपप्रधानमन्त्री, रक्षामन्त्री तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा वार्ता भएको छ।पुन र उहाँको टोलीसँग उपप्रधानमन्त्रीज्यूले वार्ता गरिरहनुभएको छ,’ रक्षा मन्त्रालय स्रोतले भन्यो।

    १. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। 

    २. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।

    ३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। 

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १६:५३:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको