Logo

मंगलवार, कार्तिक ११ गते २०८३

वर्षाको कारण खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुग्योे !!!!!

वर्षाको कारण खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुग्योे !!!!!

जोईन खबर

१७, बैशाख २०८०
  • 769
    SHARES
  • वर्षाको कारण खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा  पुग्योे !!!!!

    १७ बैशाख काठमाडौ।एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।ओमान ओडिआई वरियताको आधारमा इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेत भने ओडिआई टोली होईन । ओमान भने १८ औं ओडिआई स्थानमा छ । खेल नतिजा विहीन हुँदा सुपर ओभरको कारण ओमान तेस्रो हुँदै इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।

    images

    जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो ।

    images
    images
    images

    कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए । ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए । यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन् ।कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो । सोमबार नेपाल र युएईबीच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । 

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १८:१५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको