Logo

बिहिवार, श्रावण १४ गते २०८३

अहिले पनि ठुला उद्योग बन्द गराउन खोजिँदै छ :नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली

अहिले पनि ठुला उद्योग बन्द गराउन खोजिँदै छ :नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली

जोईन खबर

१९, बैशाख २०८०
  • 682
    SHARES
  • अहिले पनि ठुला उद्योग बन्द गराउन खोजिँदै छ :नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली

    १९ बैशाख काठमाडौ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठुला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन्।

    images

    एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा उनले ठुला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठुला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताए।वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानुन, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राखे। अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताए।

    अध्यक्ष ओलीले श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भए पनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको भनाइ राखे।प्रजातन्त्र, सामाजिक समानता, लैङ्गिक समानता, शोषणको अन्त्य, थिचोमिचो र दमनको अन्त्य, समान कामको समान ज्याला, आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम आदि कुराको सुधार श्रमिकको सङ्घर्षबाट प्राप्त गरेको उनको भनाइ थियो।

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - ११:११:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको