Logo

बिहिवार, श्रावण १४ गते २०८३

रत्नपार्कबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने : आधुनिक ट्रान्सफर्मर जडान

रत्नपार्कबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने : आधुनिक ट्रान्सफर्मर जडान

जोईन खबर

१९, बैशाख २०८०
  • 712
    SHARES
  • रत्नपार्कबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने : आधुनिक ट्रान्सफर्मर जडान

    १९ बैशाख काठमाडौ।नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।

    images

    प्रधानकार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरे ।

    प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । 

     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १३:०७:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको