Logo

बिहिवार, श्रावण १४ गते २०८३

टीभीएसको तीन नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै!!!!

टीभीएसको तीन नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै!!!!

जोईन खबर

१९, बैशाख २०८०
  • 697
    SHARES
  • टीभीएसको तीन नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै!!!!

    १९ बैशाख काठमाडौ।टीभीएसले तीन नयाँ मोडलका दुई पाँग्रे सवारीसधान नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक इलेक्ट्रीक स्कुटरसहित दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस आइक्यूव, आरटीआर १६० फोर भी स्पेशल एडिशन र रोनीन सार्वजनिक गर्ने तयारी गरेको हो ।

    images

    कम्पनीले पहिलो चरणमा आरटीआर १६० फोर भी स्पेशल एडिशन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस्तै केहि सयम पश्चात रोनिन र आइक्यूव सार्वजनिक गर्ने तयारीमा जगदम्वा मोटर्स रहेको कम्पनी स्रोतले बताएको छ ।यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ ।

    यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको ब्याट्री रहेको छ । टीभीएसको दावी मान्ने हो भने एसटी भेरियन्टले इको मोडमा १४५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १४:०५:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको