Logo

बिहिवार, श्रावण १४ गते २०८३

विदेशमा नौ वर्ष बसेर पशुपालन गर्न फर्किए तनहुँका विशाल पौडेल!!!!

विदेशमा नौ वर्ष बसेर पशुपालन गर्न फर्किए तनहुँका विशाल पौडेल!!!!

जोईन खबर

१९, बैशाख २०८०
  • 676
    SHARES
  • विदेशमा नौ वर्ष बसेर पशुपालन गर्न फर्किए तनहुँका विशाल पौडेल!!!!

    १९ बैशाख काठमाडौ ।शुक्लागण्डकी नगरपालिका–११ ।तनहुँको निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किए । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गरे । उनी पाँच वर्ष अगाडि नेपाल फर्किए । नेपालमै केही गरौँ भन्ने भावना उनमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग सल्लाह गर्न थाले ।

    images

    शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य स्थानीय युवाको सहभागितामा वैशाखघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ । पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । 

    उत्पादनमूलक व्यवसाय गर्नु भनेर साथीहरुसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । पाँच जना विदेशबाट फर्किएका युवाहरु छौँ,” उनले भने, “राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भनेर उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।” उनका अनुसार ५० भैँसी र ३० गाई दुधालु छन् ।

    दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाए । व्यवसायमा कठिनाइ र सङ्घर्ष रहेको भन्दै पौडेलले भने, “पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौँ ।” तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उनको गुनासो छ ।

    उक्त फार्ममा कूल लगानी १५ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये बैंकबाट दश करोड रुपैयाँ ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ । 

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १६:३६:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको