१९ बैशाख काठमाडौ।रास्वपा सभापति रवि लामिछानेका गाडीचालक ‘शम्भु’को उपचार क्रममा निधन भएको छ। गत ४ गते चितवनस्थित एक घरको छतबाट लडेर घाइते भएका थापाको मंगलबार दिउँसो १ः३५ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालकी सञ्चार संयोजक मनिता पोखरेलले बताएकी हुन्।
भरतपुरमा झन्डै ३६ घण्टा सघन उपचार कक्षमा राखेर उपचार गरेपछि थप उपचारका ५ वैशाखमा उनलाई नेपाली सेनाको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको थियो । गम्भीर अवस्थामा नेपाल मेडिसिटी पुर्याइएका उनको मंगलबार निधन भएको अस्पतालले जनाएको हो।